Pages

Subscribe:

खनार गाविस-५ की ६ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका १८ वर्षीय युवकलाई प्रहरीले ०६६ चैत १८ गते गिरफतार गरेको छ ।
गत चैत ११ गते घरमा कोही नभएको अवस्थामा पीडकले बलात्कार गरेको उजुरी इलाका प्रहरी कार्यालय इटहरीमा दर्ता गराए अनुसार गिरफतार गरिएको प्रहरीले जनाए ।
घटनालाई गाउँमै मिलाउने प्रयास असफल भएपछि पीडित पक्षले प्रहरीमा उजुरी गरेको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर श्यामल सुब्बाले जानकारी दिए ।
इन्स्पेक्टर सुब्बाका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गराइएको थियो ।
source :tito mitho piro

No comments: