Pages

Subscribe:

योग गुरु रामदेवले झुटो लेखे - बुद्द भगवान भारतमै जन्मिएका हुन


काठमाडौं। भारतमभित्रै ढोंगी बाबाका रुपमा आलोचित भइसकेका र भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीको पोलिटव्युरो सदस्य एबं सांसद बृन्दा करातले मानव हड्डीबाट औषधी बनाउने गरेको आरोप खेपेका स्वामी रामदेवको पाखण्ड नेपालमा पुनः एकपटक छताछुल्ल भएको छ। एकातिर रामदेव नेपालीहरु सामु गौतम बुद्ध र जानकी नेपालमा जन्मिएका अमूल्य निधि हो भन्छन् अर्कोतिर आफ्ना दस्तावेज र किताबमा भनें तिनै रामदेव बुद्धलाई भारतमा जन्मिएको भनेर सफेद झुठ प्रवाह गरिरहेका छन्।

५ दिने योग शिविर सञ्चालन गर्न चैत १३ गते शुक्रवार काठमाडौं आएका बाबा रामदेवले गौतम बुद्ध नेपालमै जन्मिएकाले भारतले बुद्धको नक्कली जन्मस्थल निर्माण गर्नुको कुनै अर्थ नहुने बताएका थिए। उनले भारतको उक्त दावीप्रति भर्त्सना गर्दै महापुरुषहरुलाई विवादमा नतान्न आग्रह गरेर नेपालीको मन जित्ने प्रयास पनि गरेका थिए। तर बाबा रामदेवको ढोंग त्यतिबेला छताछुल्ल भयो जति बेला उनी आफैंले गौतम बुद्ध भारतमै जन्मिएको दावी गर्दै प्रकाशित गरेको उनको एक किताब सार्वजनिक भयो। एभिन्युज टेलिभिजनले रामदेवको सो किताबको खुलासा पालीको मन जित्नका लागि बुद्ध नेपालमै जन्मिएको दावी गरेका रामदेवको जीवन कहानी समेटिएको 'जीवन दर्शन' नामक किताबमा बुद्ध भारतमै जन्मिएको स्पष्ट लेखिएको छ। पतञ्जली योगपीठले प्रकाशन गरेको सो पुस्तकको पेज नम्बर ८ को ३ नम्बर बुँदामा रामदेवले बुद्ध जन्मिएको देशमा आफू जन्मिन पाउनुलाई गौरव मानेका छन्। रामदेव अगाडि भन्छन्–''मैं शौभाग्यशाली हुँ कि मैने उस पवित्र भूमि व देश में जन्म लिया है जहाँ योगश्वर श्रीकृष्ण, बुद्ध, महावीर,गुरु नानकदेव, गुरु गोविन्द सिंह जैसे देव पुरुषोँ,महाराणा प्रताप, छत्रपति शिवाजी, चन्द्रशेखर आजाद,सुवासचन्द्र बोस, रामप्रसाद बिस्मिल, भगत सिंह, राजगुरु व अशफाक जैसे वीरों तथा महर्षि दयानन्द वा स्व्ामी विवेकानन्द जैसे महापुरुष पैदा हुए। मै अपनी जीवन पुष्प से माँ भारतकी आराधन करुँगा।''

भारतले लुम्बिनीलाई आफ्नो दावी गर्नेदेखि गौतम बुद्धलाई भारतमा जन्मिएको भनेर कुप्रचार गर्ने अभियान लामो समयदेखिनै चलाइरहेको हो। भारत सरकारले विश्वविद्यालय र विद्यालयहरुमा पढाउने पुस्तकमा समेत बुद्ध भारतमा जन्मिएका भनेर लेखिएको छ। उता हालसालै कपिलबस्तुको सिमाना नजिकै भारतले नक्कली लुम्बिनी निर्माण गरिरहेको बेला रामदेवलाई नेपाली पत्रकारले यसबारेमा प्रश्न गर्दा उनले बुद्ध नेपालमै जन्मिएको बताए। नेपालीहरुको सहानुभूति बटुल्नका लागि एउटा कुरा गर्ने र दस्तावेजमा अर्कै कुरा गर्ने दोगला चरित्रका रामदेवलाई नेपाल र नेपालीले किन नचाहिदो सम्मान दिने भन्ने प्रश्न पनि बौद्धिक जमातले उठाउन थालेको छ। उनको नियतमाथिनै प्रश्न उठाउनु पर्ने भएको छ।

No comments: