Pages

Subscribe:

झाडापखालाको महामारी / सयौं बिरामी

राम धामी, (डँडेलधुरा), जिल्लाको विकट बेलापुर गाविसमा झाडापखालाको महामारी फैलिएको छ। झाडापखालको महामारीबाट एकको मृत्यु भएको छ भने दर्जनौं गाउँले थलिएका छन्।


तीन दिनपहिले गाउँमा फैलिएको झाडापखालाबाट बेलापुर-८ निवासी ७० वर्षीय तारादत्त अवस्थीको मृत्यु भएको स्थानीय बासिन्दाहरूले बताए। झाडापखाला लागेपछि उपचार्रार्थ स्थानीय स्वास्थ्य चौकीमा पुर्याइएका उनको उपचारकै क्रममा शनिबार मृत्यु भएको हो।

झाडापखालाबाट बेलापुर-८ र ७ का ३० जनाभन्दा बढी प्रभावित भएको स्थानीय शमशेरबहादुर बिष्टले बताए। बेलापुरस्थित उपस्वास्थ्य चौकीमा कार्यरत अहेब नरेन्द्र चौधरी नयाँ वर्षमा लागि घर गएकाले ग्रामीण स्वास्थ्य कार्यकर्ता र मातृशिशु कार्यकर्ता मात्रै कार्यरत छन्।

चेकजाँच गरेर औषधि दिन अनुभव कम भएकाले दुवैले उपस्वास्थ्य केन्द्रमा उपचार सेवा दिइरहेको भए पनि बिरामीहरू बैतडी जिल्लाको च्वागड क्षेत्रमा रहेको कालिका मेडिकलमा पुगेर उपचार गराइरहेको सो मेडिकलका सञ्चालक अर्जुन कुवरले बताए। ‘दैनिक दर्जनौं बिरामीहरू उपचारका लागि आइरहेका छन्’, उनले भने- ‘भ्याएसम्म उपचार गरिरहेका छौं ।’

यस सम्बन्धमा जिल्ला स्वास्थ्य कार्यालय डँडेल्धुराका सिनियर अहेब कवीन्द्र विष्टले झाडापखालाको महामारी फैलिएको जानकारी प्राप्त हुनेबित्तिकै आइतबार नै औषधिसहित स्वास्थ्यकर्मीको टोली पठाइएको जानकारी दिए। स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्र पुग्न पूरै एक दिन लाग्छ। झाडापखालाबाट गाउँमा सयौं बिरामी परेका छन्।

गत वर्षमेत बेलापुर गाविसबाटै जिल्लाभरि झाडापखालाको महामारी फैलिएको थियो। महामारीबाट गत वर्ष८ जनाको मृत्यु भएको थियो भने सयौं प्रभावित भएका थिए। गत वर्षपनि महामारीका रूपमा फैलिएको झडापखाला महिनौंपछि नियन्त्रण आएको थियो। गर्मीको मौसम भएका कारण जिल्ला अस्पतालमा पनि झाडापखालाका बिरामीहरू बढ्न थालेको जिल्ला अस्पतालले जनाएको छ।

बेलापुरका स्वास्थ्यकर्मी नभएका कारण गाँखेतका अहेबलाई बेलापुर पठाइएको छ। झाडापखाला फैलिएन शुरू भए पनि जिल्ला स्वास्थ्य कार्यालयले र्सतर्कताको कुनै काम शुरू गरेको छैन्। ‘गाउँगाउँमा पखालाका बिरामी देखिन थालेका छन्’, बेलापुरका विनोद अवस्थीले भने- ‘र्सतर्कता र सरसफाइका लागि कुनै पक्षबाट पहल भएको छैन्।’

जिल्लामा स्वास्थ्य क्षेत्रमा काम गर्ने दुई दर्जनभन्दा बढी संघसंस्थाहरू भए पनि कुनै पनि संस्थाहरूले प्रभावित क्षेत्रका काम नगरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। यसै गरी बैतडी, डोटी, बझाङमा पनि झाडापखाला फैलिएको छ

No comments: