जलेका घरहरुमा डेरा गरी पसल गर्ने र बास बस्ने गरेका माईप्रसाद श्रेष्ठको कपडा पसल, विजय शाह र भरत गुप्ताको फलफूल पसल, विजयशेखर भट्टराईको मोबाइल पसल, प्रविण तामाङको गिफ्ट पसल, एउटा मोबाइल रिपेरिङ् सेन्टर, सञ्जय प्रधानको फोटो स्टुडियो, बासु ठाकुरको हेयर सैलुन, रामबाबु शाक्यको फोटो स्टुडियो, एउटा सिलाई कटाई, मोहन उपरकुटीको जुत्ता पसल, दुइवटा साइबर, शैलेन्द्र श्रेष्ठको आँखा उपचार केन्द्र, टङ्क धमलाको पुस्तक पसल, झनक बस्नेतको मेडिकल, एउटा सुनचाँदी पसल, अम्बिका बराइलीको किराना पसल, कुलबहादुर परियारको टेलरिङ तथा कल्पना रिमाल, कुलप्रसाद सुबेदी, रविन श्रेष्ठ, विकास राजबंशी र रमेश शाहको डेरा जलेर पूर्ण रुपमा नष्ट भएको दैवी प्रकोप उद्धार समितिको प्रारम्भिक यसैबिच इलाममा सोमबार भएको आगलागीको छानविनका लागि समिति गठन गर्न र उचित व्यवस्थापन गरी पीडितको सहयोग गर्न गृहमन्त्री भीम रावलले स्थानीय प्रशासनलाई मङ्गलबार निर्देशन दिएका छन् । गृहमन्त्री रावलले तत्काल पीडितलाई पुर्याउनु पर्ने सहयोगका लागि सरकारले पहल गर्ने र सहयोग गर्ने बताए ।
आगलागीको क्षतिको निरीक्षण र पीडितलाई सहानुभूति दिनका लागि मङ्गलबार गृहमन्त्री रावलसहित संविधानसभा सभाध्यक्ष सुभासचन्द्र नेम्बाङ, काङ्ग्रेस महामन्त्री केबी गुरुङ, एमाले अध्यक्ष झलनाथ खनाल पनि इलाम आइपुगेका थिए ।
उनीहरुले आगलागीका समयमा राजधानीबाटै सहयोग गर्न खोजेपनि इलामको दमकलले आगो निभाउन नपाएको भन्दै दमकल व्यवस्थित नगर्नु कमजोरी भएको बताए ।
सभाध्यक्ष सुभासचन्द्र नेम्बाङले सहानुभूति प्रकट गर्दै इलामबाट फर्किएर प्रधानमन्त्री एवम् सरकारको घटनासम्बन्धी ध्यानाकर्षण गराएर सहयोगको पहल गर्ने आश्वासन दिए ।
काङ्ग्रेस महामन्त्री गुरुङले पनि आगलागीपीडितप्रति सहानुभूति प्रकट गर्दै पीडितलाई क्षतिको आधारमा राहत र व्यापारी, व्यवसायी तथा घरधनीहरुलाई पुनःर्स्थापनको लागि निर्ब्याजी ऋण उपलब्ध गराउन सरकारसँग आग्रह गरे ।
एमाले अध्यक्ष खनालले तत्काल पीडितलाई राहत उपलब्ध गराउन सरकार र स्थानीय प्रशासनसँग आग्रह गरे ।
संविधानसभा सभाषद् पदमलाल विश्वकर्माले आगलागीका समयमा इलाम नगरपालिकाको दमकल नआएको हुँदा त्यसको जिम्मेवारी स्थानीय प्रशासन र सरकारले लिनुपर्ने बताए ।स्थानीय इश्वर चिपालुको बेकरी उद्योगबाट आगलागी सुरु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। आगलागीबाट करोडौंको धनमाल नष्ट भएको छ। एघार बजेदेखि सल्किएको आगो स्थानीयवासी, सशस्त्र र नेपाल प्रहरीको सहयोगमा राती दुइ बजेमात्र नियन्त्रणमा आएको थियो।आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आइसकेको छैन। आगलागी नियन्त्रण गर्न गएका नेपाल प्रहरीका जवान खगेन्द्र पौडेल जलेर घाइते भएका छन्। आगलागीमा परी नष्ट भएका घरधनीहरुलाई नगरपालिकाले क्षतिको अवस्था हेरि पच्चिस हजार पाँच हजार रुपियाँ राहत दिने निर्णय गरेको छ। त्यसैगरी जिल्लास्थित दैवीक प्रकोप उद्धार समितिले पनि क्षतिको अवस्था हेरि दश हजार र पाँच हजार रुपियाँ सहयोग गर्ने भएको छ
No comments:
Post a Comment