Pages

Subscribe:

भुटानी माओवादी चीनको सम्पर्कमा.

भुटानमा सशस्त्र सङ्घर्ष सुरु गरेका तर निष्कृयजस्तै रहेका भुकपा मालेमावादीको एक समूहले नेपालस्थित चिनियाँ दूतावासका अधिकारीहरूसाग भेटवार्ताको प्रयास गरिरहेको पत्ता लागेको छ। मार्क्सवाद, लेनिनवाद र माओवादलाई मूल राजनीतिक आदर्शका रूपमा लिएका भुटानी माओवादीले दुई साताअघि दूतावासका अधिकारीहरूसाग अनौपचारिक वार्ताको पहल गरिरहेको चिनियाँ दूतावास स्रोतले घटना र विचारलाई बताएको छ।नेपालका माओवादीको सिको गर्दै भुटानमा पनि सशस्त्र सङ्घर्ष गरेर वाङ्चुकवंशीय राजतन्त्र समाप्त गर्ने र जनगणतन्त्र स्थापना गर्ने भन्दै भुटानी माओवादीहरूले गतिविधि सुरु गरिरहेका छन्। अप्रत्यक्ष रूपमा सम्पर्क भए पनि प्रत्यक्ष रूपमा भने सम्पर्क नभएको दूतावास स्रोतको भनाइ छ। बुझिएअनुसार भुटानमा सशस्त्र सङ्घर्षरत माओवादी विकल्प र विराट नामक दुई नेताको नेतृत्वमा अलग्गै अस्तित्वमा रहादै आएका छन्। विकल्प समूह रिमको सदस्य र दक्षिण एसियाली माओवादीहरूको सङ्गठन कम्पोसाको पनि पर्यवेक्षक सदस्य रहेको छ भने पछि फुटेर अलग्गै रहेको विराट समूहले सोझै चीनसाग सम्पर्क र सम्बन्ध बढाउन खोजिरहेको बुझिएको छ। विकल्प समूहभन्दा विराट समूह साङ्गठनिक रूपमा बलियो मानिन्छ भने विकल्प समूहको चाहिा अन्तर्राष्ट्रिय माओवादीसागको सम्बन्ध राम्रो भएको मानिन्छ। दुवै पार्टीका महासचिव विकल्प र विराटको वास्तविक नाम र उनीहरूको व्यक्तिगत विवरण गोप्य राखिएको छ। नेपाली माओवादीसाग दुवै भुटानी माओवादीहरूको सम्बन्ध राम्रो छ किनभने पूर्वीइलाममा भुटानी माओवादीका युवाहरूलाई नेकपा माओवादीले युद्धताका नै तालिम दिएका थिए भने भुटानी माओवादीको वार्षिकोत्सव मनाउन एकपटक नेता मणि थापा नै सहभागी भएका थिए। बुझिएअनुसार थापा पूर्वीनेपालमा खटिएका बेला भारत र भुटानको सीमाक्षेत्रमा आयोजित भुटानी माओवादीको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन गएका थिए। माओवादी उच्च स्रोतका अनुसार भुटानी माओवादीमध्ये दुवै समूहको सम्पर्क माओवादी सचिव सीपी गजुरेलसाग नियमित रूपमा हुने गरेको छ। रमाइलो त के छ भने भुटानी माओवादीले पनि नेपालका माओवादीले जस्तै भारतलाई विस्तारवादी, अमेरिकालाई साम्राज्यवादी र राष्ट्रप्रमुखहरूलाई सामन्तवादका नाइकेको बिल्ला भिराउँदै आएका छन्। सम्पर्कमा आएका भुटानका भूमिगत माओवादीहरूलाई भेट्ने कि नभेट्ने भन्ने निश्चित भइनसकेको चिनियाँ दूतावास स्रोतले जनाएको छ।

यसैबीच, भुटानी माओवादीका एकजना पोलिटब्युरो सदस्य पि एन न्यौपाने तेस्रो मुलुक पुनर्वासका क्रममा अस्ट्रेलिया पुगेको बुझिएको छ। उनी पार्टी नफुट्दा विकल्पपछिका दोस्रो बरियताका मानिन्थे।’

source: (घटना र बिचारबाट)

No comments: