टँडी-७ चुली पोखरीमा रहेको चुलाचुली प्राविका विद्यार्थीहरु एउटै घरका बालबालिकाहरु पालो गर्दै विद्यालय जाने गरेका छन् । टाँडीका अधिकांश मानिसहरु खेती किसानी तथा पशु पालन गर्ने भएको हुँदा घाँस दाउरा काट्न, गाई वस्तु चराउन लगायतका काममा विद्यार्थीहरु जाने गरेका कारण पालो गरी विद्यालय आउने गरेको सो विद्यालयका प्र.अ. रेवतकुमार श्रेष्ठले वताउनुभयो । २०४९ सालमा स्थापना भएको सो विद्यालयमा कक्षा तीन सम्म पढाई हुँदै आएको तर एक जना मात्र शिक्षक दरवन्दी रहेको छ । साथै निजि शिक्षक १ जना, निःशुल्क स्वयंसेविका १ जना, बालविकास दरबन्दी १ जना गरी जम्मा ४ जना शिक्षकहरु रहेका छन् । ४२ सो क्षेत्रका ४२ घरपरिवारका ७५ जना विद्यार्थीहरु अध्ययनरत रहेको तर घरायसी कामका कारण दैनिक ५५ जना विद्यार्थीहरु मात्र सहभागि रहने गरेको प्र.अ. श्रेष्ठले वताउनुभयो । सो क्षेत्रमा राई र नेवार समुदायका बालबालिकाहरु मात्र रहेको उहाँले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो । उक्त विद्यालयमा आवश्यक भवन तथा शौचालयहरु समेत प्राप्त नहुँदा विद्यालय सञ्चालन गर्न कठिन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर श्रेष्ठले वताउनुभयो । त्यस्तै रानीपोखरी प्राविमा पनि विद्यार्थीहरु नियमित आउने नगरेको शिक्षकहरु वताउँछन् । टाँडीका अधिकांश विद्यालयहरुमा विद्यार्थीहरुको कमै मात्र उपस्थिति रहने गरेको छ । कतिपय विद्यार्थीहरु त टाढा विद्यालय भएको कारण अध्ययन गर्न समेत नजाने गरेको अविभावकहरु वताउँछन् । उनीहरु भन्छन्-”छोराछोरी विद्यालय जान टाढा भएकाले जान मान्दैनन्, जवर्जस्ती पठायो भने आदि वाटोबाटै घर फर्किने गरेका छन् । टाँढीमा घण्टौ सम्म हिँडेर विद्यालय जानुपर्ने वाध्यता भएका कारण उक्त क्षेत्रका विद्यार्थीहरु माध्यमिक तहको शिक्षा लिनका लागि मोरङको मधुमल्लामा डेरा गरेर बस्नु पर्ने बाध्यता रहेको विद्यार्थीहरु वताउँछन् ।
प्रअ श्रेष्ठ यस क्षेत्रका बालबालिकाहरु भविष्यको कर्णधार बनाउनका लागि २ घण्टाको बाटो हिँडेर आउने गरेका छन् । सो क्षेत्रका बालबालिकाको लागि सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यक देखिन्छ ।
No comments:
Post a Comment