शनिश्चरे गाविस-१ स्थित भुटानी शरणार्थी शिविरकी १५ वर्षीया बालिकालाई सोही गाविसका छ जना युवाहरूले ०६७ साउन २६ गते सामूहिक बलात्कार गरेका छन् ।
बलात्कार गरेको आरोपमा प्रहरीले सोही गाविसका १८ वर्षीय सुमन राई र १९ वर्षीय नागेश्वर चौधरीलाई ०६७ साउन २६ गते गिरफ्तार गरेको छ ।इलाका प्रहरी कार्यालय उर्लाबारीका सई गौरव सुब्बाका अनुसार, पीडित सोही गाविस-१ स्थित जंगलमा गएको अवस्थामा छ जना युवाहरूले सामूहिक बलात्कार गरेका थिए । पीडितको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा साउन २६ गते नै स्वास्थ्य परीक्षण र उपचार गरिएको छ ।
घटनाका दोषी चार जनाको खोजी भइरहेको छ । source : tito mitho piro
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment