नगरसंग जोडिएको इन्द्रपुर-६ स्थित बन्जारेगाउँका दुखिराम खटिकका १२ बषर्ीय छोरा राकेश, नौ बषर्ीया उमा र ७ बषर्ीया छोरी मनिषाको मृत्यू भएको हो । राकेशलाई बिहान ३ बजे सर्पले दाया खुट्टाको बुढी अाैलामा डसेको थियो । छोरालाई झाक्रीकहाँ लैजाँदा घरमै सुतिरहेका दुई छोरीलाई पनि सर्पले डसेको दुखीरामले बताए ।
'छोरालाई झारफुक गराउन गएको छोरीहरुलाई पनि टोकेछ'-उनले भने । दुखीरामका परिवारका पाँचै जना भूईमा ओछ्यान लगाएर लस्करै सुतेका थिए । सर्पले डसेको साढे दुई घण्टापछि बेहोस अवस्थामा उनीहरुलाई अस्पताल पुर्याइएको थियो । आधा बाटोसम्म हिडेरै आएका छोराछोरी अस्पताल पुग्दा बेहोस भएको खटिकले बताए । खटिक उपचारमा संलग्न स्वास्थ्यकर्मी होमनाथ सुबेदीले भने,- 'केही छिटो ल्याउन सकेको भए बचाउन सकिन्थ्यो ।' घाइतेको बिहान पौने ७ बजे मृत्यू भएको अस्पतालले जनाएको छ । विपन्न खटिक परिवार शोकमा डुबेको छ ।
सर्पले सडेका अधिकांश घाइतेको अस्पताल ढिलो आउनाले मृत्यू हुने गरेको स्वास्थ्यकर्मी सुबेदीले बताए । झारफुकमा अल्भिmदा बन्जारे गाउँ दुई बालबालिकाको साउन ६ गते ज्यान गएको थियो । एकै परिवारका ५ बषर्ीया सुशीला बर्मा र सेढ बर्षका करन बर्मालाई सर्पले डसेपछि ढिलो अस्पताल लैजाँदा मृत्यू भएको हो । उनीहरुका हजुरबुवा पुजारी बर्माले भने,-'गर्मीले भूईमा सुत्दा सर्पले टोक्छ ।' गाउँमा अधिकांश विपन्न समुदायको बसोबास छ । घरले छाएका झुपडीभित्र सर्प छिरेर दुःख दिने गरेको बर्माले बताए ।
बाँकेमा सर्पको डसाईबाट पछिल्लो ३ महिनामा ८ बालबालिकासहित ११ जनाको मृत्यू भएको छ । सर्पले डसेर भेरी अन्चल अस्पतालमा मात्र ५३ जना बिरामी आएको स्वास्थ्यकर्मी सुबेदीले बताए । 'सर्पले डसेका बिरामीलाई जतिसक्दो चाँडो अस्पताल ल्याउनुपर्नेमा गाउँघरमा धामीझाक्रीको पछि लाग्दा धेरैको ज्यान जाने गरेको छ'-उनले भने । असारमा सबैभन्दा बढी ३३ जनालाई सर्पले डसेको थियो ।
No comments:
Post a Comment