Pages

Subscribe:

१७ जना मारिएपछि आवाजहीन छन् मेघालयका नेपाली

पुरनप्रसाद विष्ट- भारतको पूर्वोत्तर मेघालयका आदिवासी (खसिया, गारो, जयन्तीय) ले नेपाली भाषीविरुद्ध चलाएको दंगामा दुई दर्जन बेसीको ज्यान गइसकेको छ। निर्मम साम्प्रदायिक दंगामा मारिएकामध्ये १७ जना नेपाली भाषी छन्। अब डर अरू दंगा भड्केला भन्ने हो। केही दिनसम्म होइन, केही वर्षसम्मै।

दंगा मेघालयका लिङपीबाट सुरु भई जयन्तीया हिल, गारो हिल र राजधानी सिलोङसम्म फैलिएको छ। ती ठाउँमा नेपाली मूलका मानिस निसाना बनिरहेका छन्। सरोकारवाला निकायले बेलैमा पहल नगरे एकपक्षीय आक्रमण छिट्टै मत्थर हुने देखिँदैन।

सन् १९८७ मा यस्तै भएको थियो। त्यस बेलाका दंगापीडित उक्त घाउबाट अझै मुक्त भइसकेका छैनन्। त्यतिखेर पनि सयौं नेपालीभाषी बेपत्ता पारिए। उनीहरूले दंगामा ज्यान गुमाएका हुन् भन्ने राज्य सरकारले कहिल्यै स्वीकार गरेन।

बेपत्ता पारिएका अधिकांश मानिस गाईवस्तुका चरन खोज्दै एकबाट अर्को ठाउँ बसाइँ सर्थे। तिनले आफ्ना परिचय वा भारतीय राष्ट्रियता प्रमाणित गर्ने कुनै कागजपत्र पाएनन्, किनभने उनीहरू निरक्षर थिए। जहिल्यै एक ठाउँबाट अर्को ठाउँ डुलिरहन्थे। स्थानीय गाउँबुढा (मुखिया) का दयामा बाँचिरहेका थिए।

१९८७ को दंगाभन्दा फरक, यसपालि यो घटनाले सञ्चारमाध्यमको ध्यान खिँचेको छ। यसो हुनुको कारण उत्तरपूर्वी दुई राज्य आसाम र मेघालयबीचको 'सीमा' विवाद हो। विगतमा अहिलेजस्तै निर्मम घटना धेरै भए, जुन कहिल्यै प्रकाशित/प्रसारित भएनन्। अबोध बालबालिका, निर्दोष महिला र असहाय वृद्धवृद्धाले ज्यान गुमाएका ती घटनाबारे स्वतन्त्र छानबीन कहिल्यै भएन, गर्न दिइएन।

लिङपी त्यस्ता दर्जन विवादित सीमा क्षेत्रमध्ये पर्छ, जसलाई आसाम र मेघालय दुवैले 'दाबी-प्रतिदाबी' गर्दै आएका छन्। मेघालयले यो क्षेत्र आफ्नो पश्चिम खासी हिलअन्तर्गत पर्ने दाबी गर्दै आएको छ। आसामले पनि आफ्नो कामरुप जिल्लाको क्षेत्राधिकारमा पर्ने अडान छाडेको छैन।

लिङपीमा पुस्तौंदेखि नेपाली भाषीको बाहुल्य छ। गत जुलाईमा अर्द्धसैनिक खासी संगठन 'सिञ्जुक कि राङबाह सनोङ अफ लिङपी एरिया'ले लिङपी र आसपास गाउँमा बसोबास गर्दै आएका नेपाली भाषीलाई 'लिङपी छोड' सूचना जारी गरेको थियो। २००९ जुलाइ २१ को सिलोङ टाइम्स अखबारमा प्रकाशित उक्त सूचनामा 'नेपाली भाषीलाई लिङपी सदाका निम्ति छाड्न १५ दिनको पर्याप्त समय दिइएको' उल्लेख छ। सूचनामा संगठनका अध्यक्ष टि नोङलाङले १५ दिनभित्र नछोडे 'बल प्रयोग गर्न नहिच्किचाउने' चेतावनी दिएका थिए।

खासीको धम्कीपछि नेपाली भाषीमाथि कुनै अप्रिय घटना हुन नदिन आसाम राज्य सरकारलाई त्यस क्षेत्रमा प्रहरी परिचालन गर्न उक्सायो। यसबाट स्थानीय आदिवासी लडाकु समूहका निसाना नेपाली रहेको प्रष्टै हुन्छ।

आसाम र मेघालय दुवै राज्य सरकार सम्भावित जातीय द्वन्द्वप्रति जानकार थिए। मेघालय सरकारले विगतमा पनि आफ्नो अर्धसैन्य दस्ता नेपाली भाषी लखेट्न प्रयोग गरेको थियो। राज्यबाट नेपालीलाई बलपूर्वक धपाइएका पर्याप्त उदाहरण छन्।

मेघालयमा १८२४ देखि नै नेपाली बस्न थालेका हुन्। जतिबेला 'ब्रिटिस इन्डिया'को गोर्खा सैनिक उत्तरपूर्वी क्षेत्रमा आफ्नो किल्ला स्थापना गर्न गएको थियो। सुरुमा ब्रिटिस इन्डियाले चेरापुञ्जीमा गोर्खा क्याम्प राख्न चाहेको हो। त्यहाँ अधिक वर्षा हुने भएकाले सिलोङमा क्यम्प राख्ने निधो गरियो, जुन पछि उत्तरपूर्वी भारतको राजधानी बन्यो।

मेघालयमा १८७८ मा गोर्खा पाठशाला खुल्यो। जुन आदिवासीहरूका सामुन्ने नेपाली भाषीको गौरव र सानको स्तम्भ बनेको छ। १९६० सम्म सिलोङमा नेपाली भाषीको बाहुल्य रहेको त्यतिबेलाको जनमत संग्रहले पुष्टि गर्छ। तर, भारतको जग्गा हदबन्दी ऐनले आदिवासीबाहेक अरूलाई जग्गा किनबेच गर्न बन्देज लगाएपछि नेपाली भाषीहरू राज्यविहीन बन्न पुगे। उत्तरपूर्वी भारतमा यो ऐन आदिवासी समुदायको रक्षा गरी बाँकीलाई विस्थापित गर्ने किसिमको थियो।

जसरी गुजरातमा मुख्यमन्त्री नरेन्द्र मोदीको 'डिजाइन'मा मुस्लिमविरुद्ध दंगा भड्कियो, त्यसैगरी उत्तरपूर्वी भारत, विशेषगरी मेघालय दसकौंदेखि 'मोदीकरण'बाट गुज्रँदै आएको छ। मोदीकरण जहिल्यै मेघालय राज्य नीति बन्दै आएको छ। राजनीतिक खेलाडीले अल्पसंख्यक नेपाली भाषीविरुद्ध दसकौंदेखि खासी विद्यार्थी संघलाई हतियार बनाउँदै आएका छन्।

१९८७ मा खासी विद्यार्थी संघका अध्यक्ष बुल लिन्डोले नेपाली भाषीविरुद्ध आतंककारी अभियानको मोर्चा सम्हालेका थिए। उनैलाई दुई वर्षपछि राज्य सरकारमा कृषिमन्त्री बनाएर पुरस्कृत गरियो। त्यसै वर्ष सबभन्दा पहिला जयन्तीयाको जवाई क्षेत्रस्थित कोइला खानीमा साम्प्रदायिक दंगा भड्कियो। राज्यसमर्थक राजनीतिज्ञ र विद्यार्थी नेताले नेपाली बस्तीमा आक्रमण गरे। सिलोङमा गोर्खा हाइस्कुल जलाइयो। अन्य नेपाली बस्तीमा पनि आक्रमण भयो। एक साताभित्रै ३५ हजारभन्दा बढी नेपाली भाषी लखेटिए। नेपाली भाषी हुनुकै 'अपराधस्वरुप' राज्य सरकारले दर्जनौं सरकारी कर्मचारीको जागिर खोस्यो।

मेघालयमा केही दसकदेखि राजनीतिक लाभका लागि 'विदेशी मूलको' ट्याग लगाउनु राज्य-संरक्षित साम्प्रदायिक हिंसाको प्रमुख हतियार बन्दै आएको छ। विगतमा निर्दोष नेपाली भाषीको नरसंहार छानबीन गर्न न राज्य सरकारले कुनै कष्ट उठायो, न दिल्लीले चासो देखायो। उल्टै केही राज्यले सदियौंदेखि बस्दै आएका नेपाली भाषीको अधिकार कटौती गर्ने कानुन बनाए। जग्गा हदबन्दी ऐन, सूचीकृत आदिवासी आरक्षण ऐन, आन्तरिक आवागमन परिचयपत्र लगायत कानुनले उत्तरपूर्वी भारतका नेपाली बस्तीलाई विस्थापित गर्न थाल्यो। ६० को दसकदेखि यो क्रम जारी छ।

यी कानुनले नेपालीविरोधी भावनालाई मलजल गरेको छ। नेपाली भाषी कडा परिश्रम, कृषि, पशुपालन र अन्य व्यावसायिक क्षेत्रमा निपूर्ण कहलिएका छन्। अर्धलडाकु ती आदिवासीलाई आधुनिक बसाइ, रहनसहन र खानपिनको सभ्या सिकाएकै नेपालीले हो। अब मेघालयमा उनीहरूकै भविष्य झनै अनिश्चित बनेको छ।

पुस्तौंदेखि पसिना सिँचित गरेर उर्वर बनाएको भूमिमा नेपालीको बाँच्ने अधिकारका लागि आवाज उठाइदिने कोही छैन। न राज्य वा दिल्लीलाई यसको हेक्का छ। दुई सताब्दीदेखि थातथलो बनाउँदै आएका असहाय नेपालीको जीवन रक्षाका लागि अब नेपालले दिल्लीलाई सचेत गराउनुको विकल्प छैन।

आखिर, उनीहरू नेपाली 'डायस्पोरा' नै हुन्।

हङकङ, जेष्ठ २ - मिनिबसले ठक्कर दिदा शनिबार साँझ यहाँ चार बर्षीय वाइज गुरुङको मृत्यु भएको छ । हङकङ जोर्डनस्थित क्यान्टोन रोडमा बाटो काट्दै गर्दा भएको घटनापछि तुरुन्तै नजिकैको क्वीन एलिजावेथ हस्पिटल पुर्‍याइएका भएपनि डाक्टरले नाबालक गुरुङको मृत्यु भइसकेको बताएका थिए ।

पिता शशी गुरुङ श्रीमती रितादेवी, एक छोरा र छोरीका साथ याउ मा तेइमा बस्दै आएको नाताले बालकका ठूलोबुबा पर्ने गौतम गुरुङले बताए । स्याङजाका स्थायी बासिन्दा उनीहरु एकदशक अघिबाट हङकङमा छन् । मिनिबस चालकलाई प्रहरी प्रक्राउ गरी अनुसन्धान राखेको छ । source ekantipur.com/Nepali

Dear all member, well wisher and other children star group would like to ask you this question, please have your answer kindly because we want to do something especially for all children so don’t be proud and crazy to answer this question hope you will give us answer positively.
Our question was : "What did u think children star group have to do to promote children right through the world /what kind of programmed will favorable to children in this movement/ days?"
After you decide your answer, mail us at childrenstargroup@live.com sand this mail to your all friend and relative so they might help us. Thank you all

ललितपुरमा शिशुको शव भेटियो

सुबिन श्रेष्ठ,ललितपुर, वैशाख ३-ललितपुरको नटोलस्थित खुल्ला मैदानमा आज बिहान एक मृत शिशु फेला परेको छ । मैदानमा खेल्न पुगेका स्थानीय बालकहरुले मृत शिशु देखेका थिए।

सालनालसहित भेटिएको शिशु निकै दिनअघि मरेको देखिएको छ । शिशुको शव गन्हाएको र शरीर सबै कालो छ । 'निकै दिन अघि फ्याँकिएको हुनपर्छ,' त्यहाँ खटिएका प्रहरी सीता मैनाली भने, 'मुचुल्का उठाउन प्रहरी आउँदैछन् । शिशुको शव भेटिएको स्थान नगरपालिकाको अधिनमा रहेको जग्गा हो भने साँझ सो स्थान चाँडै सुनसान हुने गर्दछ ।

लाशको प्रवृति हेर्दा शिशुलाई बोरामा हालेर खाल्डो बनाएर गाडिएको र त्यहाँ चर्ने सुँगुरले निकालेको देखिन्छ ।

नेपालगन्ज- , वैशाख २० - अनिश्चितकालिन आम हड्तालमा सहभागी हुन नेपालगन्ज आएका करिब तीन सय आन्दोलनकारी बिरामी परेका छन् ।

धुलो, चर्को गर्मी र जथाभावी खानपिनले उनीहरु बिरामी परेका स्वास्थ्यकर्मीहरुले बताएका छन् । 'तीन सय जतिको प्राथमिक उपचार गराएका छौ'-माओवादी बाँके सह-इन्चार्ज आईपी खरेलले भने,-पेट, टाउको दुख्ने र झाडापखलाका बिरामी धेरै छन् ।

आन्दोलन परिचालन कमिटीले परिचालन गरेको प्राथमिक उपचार टोलीहरुले उनीहरुको उपचार गरेको थियो । तीमध्ये २६ जनाले भेरी अन्चल अस्पतालमा उपचार गराएका छन् । अहिले ६ जना आन्दोलनकारी अस्पताल भर्ना छन् । औषधि सेवनपछि अधिकांश बिरामीको स्थिती अहिले सामान्य रहेको खरेलले बताए ।

अस्वस्थकर बसाई र दुषित खाना तथा पिउनेपानीका कारण आन्दोलनकारीहरु बिरामी भएको हुनसक्ने भेरी अन्चल अस्पतालका प्रमुख डा बिमल ढकालले बताए । 'गर्मीको बेला छ । खानपिन र बसाईमा ध्यान दिनुपर्छ'-उनले भने ।

नेपालगन्ज र वरपरका ५० भन्दा बढी होटलहरुमा सयौ माओवादी कार्यकर्ताहरु दुखजिलोसंग बस्दै आएका छन् । उनीहरुलाई त्यही बस्ने र खाने व्यबस्था मिलाइएको माओवादीले जनाएको छ ।

नेपालगन्जमा गर्मी र लामखुट्टे बढेकाले आन्दोलनकारीहरुले कष्टकर रात काटने गरेका छन् । बिरामी पर्न थालेपछि केही आन्दोलनकारीहरु घर फर्केका छन् । कतिपयले आमसभाका लागि ल्याएर नफर्काएर आफूहरुलाई अलपत्र पारेको गुनासो गरेका छन् source: kantipur online

Anthony Lake, sworn in as Executive Director, brings a wealth of experience to UNICEF

An agenda for children

UNICEF Image
© UN Photo/2010/Schneider
At United Nations headquarters in New York, UN Secretary-General Ban Ki-moon officiates as UNICEF Executive Director is sworn in, taking his oath of office with one hand on the UN Charter.

NEW YORK, USA, 3 May 2010 – As Anthony Lake assumes his new role as UNICEF's sixth Executive Director, he builds upon a solid foundation formed by the organization's 60-plus years of child-rights advocacy, as well as his own wealth of international experience.

Appointed by UN Secretary General Ban Ki-moon following what Mr. Ban called "a long and distinguished career with the United States Government," Mr. Lake has worked on a wide range of foreign policy, national security and humanitarian issues.

During a ceremony this morning at UN headquarters in New York, Mr. Lake was sworn into office by Mr. Ban. He succeeds Ann M. Veneman, who had served as Executive Director since May 2005.

Decades of service


The new UNICEF chief's accomplishments span five vigorous decades. In 1962, he started out as a Foreign Service Officer with the US State Department. In 2008, he was a senior foreign policy advisor to Barack Obama's presidential campaign. In the intervening years, he held high-level posts in the Clinton and Carter administrations; was a presidential envoy to Haiti, Ethiopia and Eritrea; and played a key part in shaping policies that led to peace in Bosnia-Herzegovina and Northern Ireland, among other hotspots.

His commitment to peace-building informs Mr. Lake's approach to the problems facing the world's children – especially the millions who live, often in poverty and fear, in zones of conflict.

"Peace and security are the foundation of a world fit for children," he said. "Wars not only kill children, they breed disease and destroy economic hope. And in the end, real peace is not found in a piece of diplomatic paper. It is found in the secure and healthy lives of girls and boys."

UNICEF Image
© UNICEF/NYHQ2010-0696/Markisz
Anthony Lake is UNICEF's sixth Executive Director.

Support for development goals


Even beyond his long record of government service, Mr. Lake is well-versed in the intricacies of global development. His involvement in the non-governmental sector began in the 1970s, when he directed International Voluntary Services, a 'private Peace Corps' operating in impoverished communities. He has also served on the boards of Save the Children and the Overseas Development Council, as an adviser to the International Committee of the Red Cross and as Chair of the Marshall Legacy Institute.

Against this backdrop, his strong support for the Millennium Development Goals – the internationally agreed improvements in human development that are meant to be reached by 2015 – comes as no surprise.

Like his emphasis on peace, Mr. Lake's determination to help achieve the development goals is integral to his vision for UNICEF's immediate future. Fittingly, the period between now and the MDG target date coincides with the Executive Director's initial five-year term.

"At their heart, the Millennium Development goals are about giving the world's most vulnerable children a better chance to reach their full potential," he said. "We've got a lot of urgent work ahead, leading up to, and beyond, the 2015 MDG targets we've set for ourselves. And I believe we can do it."

Long-standing UNICEF ties


Although he is new to the helm at UNICEF, Mr. Lake's ties with its work are long-standing. In 1993, he collaborated with UNICEF's third Executive Director, James P. Grant, on the White House launch of the flagship publication, 'The State of the World's Children'. He later served as an active Executive Board member and Chair at the US Fund for UNICEF – one of 36 national committees that support the organization through fundraising, advocacy and education in industrialized countries.

As a US Fund board member, Mr. Lake embarked on several missions to observe UNICEF's programmes in the field. One trip took him to Swaziland, where UNICEF was working with its partners to address the impact of a tragically high HIV-prevalence rate. The US Fund delegation met children and adolescents who had been orphaned by AIDS; many were heading households composed of younger siblings, or living alone, on their family homesteads.

During the mission, Mr. Lake sent the US Fund website a slideshow of photographs depicting the resilience of the young people he encountered.

"We were inspired by the caregivers and inspired by the works of the UNICEF staff," he said in his commentary on the images. "But most of all, we were encouraged still more by the children." Clearly moved, he added that the Swazi orphans showed "tremendous courage and an extraordinary ability to cope with these extraordinary circumstances."

UNICEF welcomes its new Executive Director in the spirit of courage and hope that he honoured in Swaziland, placing an agenda for children front and centre in our responses to the extraordinary challenges ahead. source: UNICEF