Pages

Subscribe:

शरणार्थी सेरोफेरो

बेलडाँगी १ शरणार्थी शिविरको वाल संरक्षणबाट हराएका १२ बर्षीय शरणार्थी वालक विशाल दर्जी फेला परेका छन् । असार २५ गतेदेखि हराएका दर्जी इलामको चुलाचुलीको एक स्थानीय वासिन्दाको घरमा काम गर्नेगरि बसेको अवस्थामा गत शनिबार भेटिएका हुन् । बेलडाँगी शरणार्थी शिविरको सेक्टर सी ३ छाप्रो नं. २८१ का विशाल दर्जी आमाले शिविरबाहिरका व्यक्तिसँग विहे गरेर गएपछि बाबुले हेरबिचार नगर्दा अलपत्र परेका थिए । उनका २ दुइ दाजुभाइ र २ दिदीबहिनीलाई २ महिनाअघि बाल संरक्षण केन्द्रमा राखिएको थियो । भूटानी शरणार्थी शिविर बेलडाँगीमा स्थानीय सशस्त्र प्रहरीले क्याम्प प्रतिनिधिमाथि दुर्व्यवहार गरेको भन्दै बुधबार प्रतिनिधिहरुले सम्पूर्ण काम कार्वाही बन्द गरेका छन् ।
मंगलबार भूटानी शरणार्थी शिविर बेलडाँगी २ सेक्टर आई का श्याम बस्नेतले सेक्टर डी का सेक्टर हेडलाई हातपात गर्न खोजेको विषय लिएर सेक्टर हेड चित्र विष्टले स्थानीय सशस्त्र प्रहरी बेशमा उजुरी गर्न जाँदा दुर्व्यबहार गरेको विष्टले आरोप लगाएका छन् । सोही विषयको कारण बेलडाँगी २ को १ सय २० प्रतिनिधिले एउटा प्रतिनिधि दुर्व्यवहार हुनु भनेको आफूहरुमाथि प्रहरी हस्तक्षेप र दमन भएको भन्दै राशन वितरण देखि कार्यालयमा हुने सवै काम बन्द गरेको क्याम्प सचिव नारादमुनी सन्यासीले बताएका छन् । धम्की दिंदै हातपात गर्न खोज्नेमाथि कार्वाही नगरेर उल्टै क्याम्प कमिटि सदस्यप्रति प्रहरीको दुर्व्यवहार भएको भन्दै आज बन्द गरेपछि सो विषयलाई सार्वजनिक रुपमा गरिएको छलफल कुनै निष्कर्ष ननिस्की बुधबार अपरान्ह भएको छलफल रोकिएको क्याम्प सुपरिवेक्षक दिपक निरौलाले बताएका छन् ।
यता सशस्त्र प्रहरी निरीक्षक सुरज क्षेत्रीले आफूले सेक्टर हेडलाई नचिनेको र सेक्टर हेडले पनि सानो विवादलाई इलाका प्रहरी कार्यालयमा पठाउनु पर्छ भन्दै जवरजस्ती दवाव दिएको कारण सामान्य विवाद भएको बताएका छन् । फटाहालाई उचित कार्वाही नभए र सो विवादको सही टुङ्गो नलागे क्याम्प व्यवस्थापन समितिले सामुहिक राजिनामा दिने क्याम्प कमिटिले जानकारी दिएको छ ।

अस्ती शनिवार मृत्यु भएका गोलधाप शरणार्थी शिविरका लाल बहादुर दर्जीको अमेरिका, भुटान र नेपालमा गरि ३ देशमा काजकृया भइरहेको छ । दुइ छोरा र तीन छोरीले गोलधाप शरणार्थी शिविरमा, पुनरवास भएका दुइ छोराले अमेरिकाको न्यूयोर्कमा र भुटानको चिराङमा घर भएका २ छोरीले भुटानमै काजकृया गरिरहेका छन् । दर्जी गोलधाप शरणार्थी शिविरको सेक्टर ए २ छाप्रो नं. ३५ मा बस्नुहुन्थ्यो

No comments: