Pages

Subscribe:

७ चैत, काठमाडौं । नेपाली राजनीतिका शिखर पुरुष पूर्व प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको ८७ वर्षको उमेरमा शनिबार निधन भएको छ । कोइरालाको मध्यान्ह १२ बजेर १० मिनेटमा निधन भएको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बसेको आकस्मिक बैठकले कोइरालाको उपचारमा संलग्न चिकित्सकहरुको सिफारिसमा उहाँको मृत्यु १२ बजेर १० मिनेटमा देहावसन भएको औपचारिक घोषणा गरेको छ ।

आकस्मिक बैठकपछि पत्रकारहरुसंग कुरा गर्दै कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले कोइरालाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि रंगशालामा विहान ८ बजेदेखि २ बजे सम्म राखिने बताउनुभयो । दिउँसो २ बजेपछि शव यात्रासहित उहाँको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ ।

कांग्रेसले उहाँको योगदानका कदर गर्दै राष्ट्रिय शोकको रुपमा सार्वजनिक विदा घोषणा गर्न सरकारसंग आग्रह गर्ने निर्णय पनि गरेको थियो ।

स्वर्गिय कोइरालाको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि शनिबार अपरान्ह साढे ३ बजेदेखि मण्डिखाटारमा राखिएको छ । मण्डिखाटारमा अन्तिम श्रद्धान्जलिका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, कुटनीतिक नियोगका प्रतिनिधी, शुभचिन्तक, सर्वसाधरणहरुको ठूलो भिड लागेको छ ।

भोलि आइताबार विहान ८ बजे सम्म कोइरालाको पार्थिव शरीरलाई छोरी सुजाताकै निवास मण्डिखाटारमा राखिने छ ।

आफ्नी एकमात्र सन्तान छोरी सुजाता निवासमा उपचारको क्रममा उहाँको निधन भएको हो । काङ्ग्रेस सभापति कोइरालालाई अस्पतालको जस्तै विशेष व्यवस्था गरी घरमै उपचारको व्यस्था गरिएको थियो ।

लामो समयदेखि स्वासप्रश्वास रोगले पीडित कोइराला गएरातिदेखि नै अचेत हुनुहुन्थ्यो । उहाँलाई चौबिसै घण्टा कृत्रिम अक्सिजन दिएर राखिएको थियो । केहीदिन अगाडी स्वास्थ्यमा समस्या देखिएपछि कोइरालालाई काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल हृदय रोग केन्द्रमा उपचार गरिएको थियो । उपचार पछि स्वास्थ्यमा सुधार आएको भन्दै पुनः मण्डिखाटारस्थित सुजाता निबासमा लगेर उपचार गरिएको थियो । source: online khabar.

No comments: